
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल प्रहरीमा जिम्मेवारी, काम तथा नेतृत्व गर्ने आधारमा नेपाल प्रहरीमा रहेका पदहरुलाई विभिन्न समूह, श्रेणीहरुमा विभाजन गरिएको छ । नेपाल प्रहरीमा कूल १५ वटा पद (दर्जा) हरु रहेका छन्।
नेपाली प्रहरी सेवामा २ किसिमका श्रेणीहरू रहेका छन्:-
१. राजपत्रांकित श्रेणी २. राजपत्र अनंकित श्रेणी
१. नेपाल प्रहरी सेवामा रहने समूहरु
१. जनपद प्रहरी समूह २. प्राविधिक प्रहरी समूह
३. राजपत्राङ्कित श्रेणीमा पर्ने पदहरू
(क) विशिष्ट श्रेणी
– प्रहरी महानिरीक्षक
– प्रहरी अतिरिक्त महानिरीक्षक
(ख) प्रथम श्रेणी
– प्रहरी नायव महानिरीक्षक
– प्रहरी वरिष्ठ उपरीक्षक
(ग) द्वितीय श्रेणी
– प्रहरी उपरीक्षक
– प्रहरी नायव उपरीक्षक
(घ) तृतीय श्रेणी
– प्रहरी निरीक्षक
४. राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु
(क) प्रथम श्रेणी
– प्रहरी नायव निरीक्षक
– प्रहरी वरिष्ठ नायव निरीक्षक
(ख) द्वितीय श्रेणी
– प्रहरी सहायक निरीक्षक
(ग) तृतीय श्रेणी
– प्रहरी वरिष्ठ हवल्दार
– प्रहरी हवल्दार
– प्रहरी सहायक हवल्दार
(घ) चतुर्थ श्रेणी
– प्रहरी जवान
(ङ) श्रेणी विहीन
– प्रहरी कार्यालय सहयोगी