
नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी (हजाम, कुचीकार, खेलाडी) पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले मिति २०८२/०६/१० नयाँ भर्नका लागी प्रहरी जवानका लागी १५५३ जना र प्रहरी कार्यालय सहयोगी (हजाम) ११ जना, प्रहरी कार्यालय सहयोगी (कुचीकार) १५ जना, प्रहरी कार्यालय सहयोगी (खेलाडी) १५ जनाका लागी विज्ञापन आव्हान गरेको छ ।
दरखास्त फाराम दर्ता मिति :- २०८२/०६/१९ गतेदेखि २०८२/०७/२८ गतेसम्म, समय विहान १०:०० बजेदेखि कार्यालय समयसम्म,
(सार्वजनिक बिदाको दिन बाहेक) रहेको छ ।
आवश्यक योग्यता
प्रहरी जवान (जनपद)
-
न्यूनतम शैक्षिक योग्यता: ८ कक्षा पास
-
उमेर: १८ देखि २३ वर्ष (सेवा भोगीहरूको लागि २५ वर्षसम्म)
-
पुरुष: उचाइ ५ फिट २ इन्च, तौल ५० के.जी., छाती ३१–३३ इन्च
-
महिला: उचाइ ५ फिट, तौल ४२ के.जी.
प्रहरी कार्यालय सहयोगी
-
न्यूनतम शैक्षिक योग्यता: साधारण लेखपढ गर्नसक्ने
-
उमेर: १८ देखि २५ वर्ष
-
शारीरिक मापदण्ड:
-
पुरुष: उचाइ ५ फिट, तौल ५० के.जी., छाती ३१–३३ इन्च
-
महिला: उचाइ ४ फिट १० इन्च, तौल ४२ के.जी.
-
-
खेलाडीको हकमा: राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको वा उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र आवश्यक।
दरखास्त दस्तुर
-
प्रहरी जवान (जनपद): रु. ३०० (अतिरिक्त समूहमा फाराम भर्दा प्रत्येकमा २०% थप)
-
प्रहरी कार्यालय सहयोगी: रु. २०० (अतिरिक्त समूहमा फाराम भर्दा प्रत्येकमा २०% थप)
आवेदन फाराम बुझाउने स्थान
-
देशका विभिन्न प्रदेश प्रहरी तालिम केन्द्रहरू (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम)
-
उपत्यका भित्र: काठमाडौँ, ललितपुर, भक्तपुर प्रहरी परिसरहरू
-
प्रहरी कार्यालय सहयोगी (खेलाडी): राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज
परीक्षा चरणहरू
-
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती
-
विस्तृत स्वास्थ्य परीक्षण
-
लिखित परीक्षा (लोक सेवा आयोगमार्फत सञ्चालन)
-
प्रयोगात्मक परीक्षा (सहयोगी पदका लागि)
-
अन्तर्वार्ता
आधिकारीक सूचना हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।
प्रहरी जवानको पाठ्यक्रम हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।