Notice (महत्वपूर्ण सूचना)सशस्त्र प्रहरी जवान तयारीसेवा सम्बन्धी ज्ञान
ट्रेन्डिङ

सशस्त्र प्रहरी बलका पद दर्ज्यानी चिन्ह र श्रेणी

APF Nepal Rank & Insignia

सशस्त्र प्रहरी बल एक अर्ध सैनिक प्रकृतिको सुरक्षा निकाय हो। सशस्त्र प्रहरी बलमा २ वटा समूह  (साधारण समूह र प्राविधिक समूह)  रहेका छन् भने  २ वटा श्रेणी  (राजपत्राङ्कित श्रेणी र राजपत्र अनङ्कित ) साथै एउटा श्रेणी विहिन पद गरि सशस्त्र प्रहरी बलमा जामा १५ वटा पदहरु रहेका  छन् । ती १५ वटा पदहरुलाई २ वटा श्रेणी  र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जस अन्तर्गत  राजपत्राङ्कित श्रेणीमा ७ वटा पदहरु रहेका  छन् भने राजपत्र अनङ्कित श्रेणीमा पनि ७ वटा पदहरु र श्रेणी विहिनमा एउदा पद रहेको छ ।

पद र दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरी दर्जा तथा श्रेणी (राजपत्राङ्कित र राजपत्र अनङ्कित) पदहरू सम्वन्धी जानकरी

सशस्त्र प्रहरी सेवामा रहने समूहरु                       

१. साधारण समूह
२. प्राविधिक समूह

सशस्त्र प्रहरी सेवामा रहने श्रेणी र पद

१. राजपत्राङ्कित श्रेणी
२. राजपत्र अनङ्कित श्रेणी
सशस्त्र प्रहरी बलका पद दर्ज्यानी चिन्ह र श्रेणी
क्र.
स.
पद (RANK)
दर्ज्यानी चिन्ह
दर्ज्यानी
श्रेणी
१.
सशस्त्र प्रहरीमहानिरीक्षक
Inspector General – IG
धानको बाला, क्रस खुँडा र दुई तारा
राजपत्राङ्कित विशिष्ट श्रेणी
२.
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
Additional Inspector Genera-AIG
धानको बाला, क्रस खुँडा र एक तारा
राजपत्राङ्कित विशिष्ट श्रेणी
३.
सशस्त्र प्रहरी नायव महानिरीक्षक
Deputy Inspector General – DIG
धानको बाला भित्र , क्रस खुँडा
राजपत्राङ्कित
प्रथम श्रेणी
४.
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
Senior Superintendent – SSP
क्रस खुँडा र तीन तारा
राजपत्राङ्कित
प्रथम श्रेणी
५.
सशस्त्र प्रहरी उपरीक्षक
Superintendent – SP
क्रस खुँडा र दुई तारा
राजपत्राङ्कित द्वितीय श्रेणी
६.
सशस्त्र प्रहरी नायव उपरीक्षक
Deputy Superintendent – DSP
क्रस खुँडा र एक तारा
राजपत्राङ्कित द्वितीय श्रेणी
७.
सशस्त्र प्रहरी निरीक्षक
Inspector – INS
क्रस खुँडा
राजपत्राङ्कित
तृतीय श्रेणी
८.
सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक
Senior Sub Inspector – SSI
दुई तारा र किनारामा पहिले धर्का
राजपत्र अनङ्कित प्रथम श्रेणी
९.
सशस्त्र प्रहरी नायव निरीक्षक
Sub Inspector – SI
दूई तारा
राजपत्र अनङ्कित प्रथम श्रेणी
१०.
सशस्त्र प्रहरी सहायक निरीक्षक
Assistant Sub Inspector – ASI
एक तारा
राजपत्र अनङ्कित द्वितीय श्रेणी
११.
सशस्त्र प्रहरी वरिष्ठ हवल्दार
Senior Head Constable – SHC
त्रिकोण
राजपत्र अनङ्कित तृतीय श्रेणी
१२.
सशस्त्र प्रहरी हवल्दार
Head Constable – HC
पाखुरामा तीन धर्के फिता
राजपत्र अनङ्कित तृतीय श्रेणी
१३.
सशस्त्र प्रहरी सहायक हवल्दार
Assistant Head Constable –AHC
पाखुरामा एक धर्के फिता
राजपत्र अनङ्कित तृतीय श्रेणी
१४.
सशस्त्र प्रहरी जवान वा रिक्रुट
Constable
कुममा व्याच मात्रै
राजपत्र अनङ्कित चतुर्थ श्रेणी
१५.
सशस्त्र प्रहरी परिचर वा सो सरह
Follower
No insignia
साधा कपडा
श्रेणी बिहीन

सशस्त्र प्रहरी सेवामा रहने श्रेणी तथा पद : (१) सशस्त्र प्रहरी सेवामा देहायका श्रेणीहरु रहनेछन् :–

(क) राजपत्राङ्कित श्रेणी          (ख) राजपत्र अनङ्कित श्रेणी

 सशस्त्र प्रहरी सेवाको राजपत्राङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन्: –

(क) विशिष्ट श्रेणी          – सशस्त्र प्रहरी महानिरीक्षक
                                  – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
(ख) प्रथम श्रेणी              – सशस्त्र प्रहरी नायब महानिरीक्षक
                                      – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
(ग) द्वितीय श्रेणी             – सशस्त्र प्रहरी उपरीक्षक
                                      – सशस्त्र प्रहरी नायब उपरीक्षक
(घ) तृतीय श्रेणी              – सशस्त्र प्रहरी निरीक्षक
(३) सशस्त्र प्रहरी सेवाका राजपत्र अनङ्कित श्रेणीमा देहायका पदहरु रहनेछन्: –
(क) प्रथम श्रेणी           – सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक
                                   – सशस्त्र प्रहरी नायब निरीक्षक
(ख) द्वितीय श्रेणी         – सशस्त्र प्रहरी सहायक निरीक्षक
(ग) तृतीय श्रेणी           – सशस्त्र प्रहरी वरिष्ठ हवल्दार
                                  – सशस्त्र प्रहरी हवल्दार
                                 – सशस्त्र प्रहरी सहायक हवल्दार
(घ) चतुर्थ श्रेणी         – सशस्त्र प्रहरी जवान वा रिक्रुट
(ङ) श्रेणी विहिन      – सशस्त्र प्रहरी परिचर वा सो सरह

 

सशस्त्र प्रहरी सेवाका विभिन्न समूह तथा उपसमूहमा देहाय बमोजिमका पदहरु रहनेछन्:
(क) साधारण समूह, साधारण उपसमूहमा सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी महानिरिक्षकसम्म,
(ख) साधारण समूह, कानुन उपसमूहमा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म,
(ग) साधारण समूह, लेखा उपसमूहमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दारदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्म,
(घ) प्राविधिक समूहमा सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकसम्म ।

APF all rank सशस्त्र प्रहरी बलका पद दर्ज्यानी चिन्ह र श्रेणी

यदी सशस्त्र प्रहरी जवानको नि:शुल्क लिखित तयारी गर्न चाहनुहुन्छ भने Plays tore बाट AAP LIKHIT (mobile app) download गर्नुहोला ।  अथवा तलको लिंकमा थिच्नुहोला वा यहाँ थिचुहोला 
https://play.google.com/store/apps/details?id=com.sasa.aaplikhit&hl=en

सम्बन्धित समाचारहरू

एक टिप्पणी

Leave a Reply

छुटाउनुभयो कि ?
Close
Back to top button