Notice (महत्वपूर्ण सूचना)सशस्त्र प्रहरी जवान तयारी

सशस्त्र प्रहरी बल (जनाव) मा नयाँ भर्ना २०८२ खुल्यो

सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी जवान पदका लागी ७  सय ८६ जनाको आवेदन माग गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले देशभरका विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्रारा  पदपूर्तिका लागी ७  सय ८६ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल भर्ना तथा छनौट शाखाले ७  सय ८६ मध्ये खुलातर्फ ४२४ जना  अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततितर्फ १६ जनाका लागी दरखास्त आह्वान गरेको छ । यस्तै समावेशीअन्तर्गत महिलातर्फ ६९ जना आदिवासी/जनजाती तर्फ १११ जना मधेसीतर्फ ९७ जना दलिततर्फ ५२ जना र पिछडिएको क्षेत्रबाट १७ जनाका लागि जवान पदमा दरखास्त आह्वान गरेको छ।

ईच्छुकले अनलाईन मार्फ़त फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना तथा छनौटले जनाएको छ। अनलाईनबाट भरेको त्यस्तो निवेदन उम्मेदवारले २०८२/०६/०७ गतेसम्म परीक्षा संचालन हुने सम्बन्धित कार्यालयमा स्वय: उपस्थित भई फारम बुझाउनु पर्ने छ भने १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको (जन्म मिति: २०६०/०५/०६ गतेदेखि २०६४/०५/०६ सम्म) नेपाली नागरिक (महिला/पुरुष)ले सशस्त्र प्रहरी बलको जवान पदका लागि दरखास्त दिन सक्ने छन् ।

जवान पदमा दरखास्त दिनका लागि कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

अन्य जानकारी तलको तस्बीरबाट हेर्न सक्नुहुन्छ ।

APF jawan vacancy 2082

Click below link to view official vacancy notice:-

https://api.apf.gov.np:8443/storage/uploads/news/pdf/Adv_082.05.06_Cons_&_Folls_1755830985.pdf

सम्बन्धित समाचारहरू

Leave a Reply

छुटाउनुभयो कि ?
Close
Back to top button