
नेपाली पात्रो (नेपाली जलवायु) अनुसार नेपालको ऋतुलाई ६ भागमा बाढेर हेर्न सकिन्छ। अंग्रेजी क्यालेन्डर अनुसार ऋतु (Season) लाई चार भागमा बाढेर हेर्न सकिन्छ।
नेपालमा हिन्दू पञ्चाङ्ग अनुसार ६ वटा ऋतुहरू रहेका छन्। यी ऋतुहरूले नेपालको प्राकृतिक वातावरण र जनजीवनलाई विभिन्न तरिकाले प्रभाव पार्दछन्। जसमा प्रत्येक ऋतुको आफ्नै विशेषता, मौसम, सांस्कृतिक चाडपर्व, र कृषि गतिविधिहरू हुन्छन्। यी ऋतुहरू र तिनको विशेषताहरू निम्नानुसार छन्:
१. बसन्त (वसन्त ऋतु) – चैत्र र बैशाख (मार्च–मे)
- यो ऋतुलाई ऋतुहरूको राजा मानिन्छ।
- यस समयमा नयाँ पालुवाहरू पलाउँछन् र चारैतिर हरियाली छाउँछ।
- मौसम सुमधुर र रमाइलो हुन्छ।
- यो समयमा विभिन्न फूलहरू फुल्ने गर्दछन।
२. गृष्म (गर्मी ऋतु) – जेठ र असार (मे–जुलाई)
- यो वर्षको सबैभन्दा गर्मी समय हो।
- यो समयमा तापक्रम उच्च हुन्छ।
- यो समयमा दिनहरू लामो हुन्छन्।
३. वर्षा (मनसुन ऋतु) – साउन र भदौ (जुलाई–सेप्टेम्बर)
- यो समयमा मनसुन सुरु हुन्छ र धेरै वर्षा हुन्छ।
- यो समयमा खेतीपातीका लागि उपयुक्त हुन्छ।
- यो समयमा बाढी पहिरोको पनि जोखिम रहन्छ।
४. शरद (शरद ऋतु) – असोज र कात्तिक (सेप्टेम्बर–नोभेम्बर)
- यो मौसम सफा र सुक्खा हुन्छ।
- यो समयमा दशैं र तिहार जस्ता प्रमुख चाडपर्वहरू पर्दछन्।
- यो समयमा मौसम रमाइलो हुन्छ।
५. हेमन्त (पहिलो जाडो) – मंसिर र पुष (नोभेम्बर–जनवरी)
- यो समयमा जाडोको सुरुवात हुन्छ।
- यो समयमा मौसम सुक्खा र चिसो हुन्छ।
- यो समयमा पहाडी भेगमा हिमपात पनि हुन्छ।
६. शिशिर (कडाको जाडो) – माघ र फागुन (जनवरी–मार्च)
- यो वर्षको सबैभन्दा चिसो समय हो।
- यो समयमा तापक्रम एकदमै कम हुन्छ।
- यो समयमा दिनहरू छोटो हुन्छन्।
नोट:
- नेपालको भौगोलिक विविधताले (तराई, पहाड, हिमाल) ऋतुहरूको अनुभव फरक हुन्छ।
- यी ऋतुहरूले नेपाली संस्कृति, कृषि, र जीवनशैलीलाई गहिरो प्रभाव पारेका छन्।
नेपालमा ६ ऋतुहरु
१) वसन्त ऋतु (spring season )———— चैत -बैसाख
२) ग्रिष्म ऋतु (summer season)———– जेठ -असार
३) वर्सा ऋतु (rainy season)—————- श्रावण -भाद्र
४) शरद ऋतु (autumn season)———— असोज -कार्तिक
५) हेमन्त ऋतु (Pre-winter season)—— मंगसिर -पुस
६) शिशिर ऋतु (winter season )———– माघ -फाल्गुन
*****************************************************
अंग्रेजीका ४ ओटा ऋतुहरु ।
१) वसन्त ऋतु (spring season )
२) ग्रिष्म ऋतु (summer season )
३ ) शरद ऋतु (autumn season )
४ ) शिशिर ऋतु (winter season )