Notice (महत्वपूर्ण सूचना)नेपाली सेना सैन्य तयारीविज्ञापन

नेपाली सेनाको सैन्य पद २०८० का लागी नयाँ भर्ना खुल्यो

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट भर्ना गर्नका लागि दरखास्त आह्वान गरिएको छ । निम्न योग्यताहरू पूरा गर्ने नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन आवेदन फारम भर्नु पर्छ र उम्मेदवारले स्वयमले सो को  हार्डकपी प्रिन्ट आउट गरी तोकिएको भर्ती केन्द्रमा बुझाउनु पर्छ वा उम्मेदवार  स्वयम भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फारम भार्नुपर्नेछ। आवेदन फारम भरेर रु. १० (दश) को टिकट टाँसी आवेदन पेश गर्न सकिनेछ।

(१) दरखास्त फारम बुझाउने मिति र स्थान:

(क) दरखास्त पेश गर्ने मिति: २०८०/०८/०८ देखि २०८०/०९ /०७ गतेसम्म र दोब्बर दस्तुर  बुझाई मिति: २०८०/०९/०८ देखि २०८०/०२/१४ सम्म कार्यालय समय भित्र बुझाउने।

(ख) अन्तिम मितिको दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको दिनमा दरखास्त फारम बुझाउन सकिनेछ।

(ग) स्थान: सम्बन्धित भर्ना छनौट केंद्रहरु

 

(२) दरखास्त फारम शुल्क:

सैन्य पदका लागी रु.१५० (एक सय पचास रुपैयाँ मात्र) लाग्ने छ भने थप समूहमा दरखास्त दिन चाहेमा प्रत्येक समूहका लागी २०% का दरले (रु.३०) शुल्क थप लाग्नेछ। साथै, सम्बन्धित भर्ना केन्द्रले तोकेको बैंक खाता नम्बर, कार्यालयको कोड र राजस्व शीर्षक नम्बर- १४२२४, परीक्षा शुल्क खातामा जम्मा गरी त्यसको सक्कल भौचार रसिद र प्रतिलिपि प्रति- १/१ (एक/एक) दरखास्त फारम साथ उक्त भर्ना केन्द्रमा बुझाउनुपर्छ।

(३) न्यूनतम शैक्षिक योग्यता:

(क) कक्षा ८ (आठ) उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा ९ (नौ) र १० (दश) उत्तीर्ण गर्नेले पनि कक्षा ८ (आठ) उत्तीर्ण गरेका शैक्षिक योग्यता उत्तीर्ण भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ र कक्षा ८ (आठ) उत्तीर्णको प्रमाण पत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्नेछ र कुनै पनि विषयमा D+ कम हुन नहुने।

(ख) SLC/SEE वा  सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरूले पेश गरेको प्रमाण पत्रहरू मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्नेछ र कुनै पनि विषयमा D+ भन्दा कम हून नहुने। साथै, SLC/SEE अनुसार प्रमाणपत्र पेश गर्ने उम्मेदवारहरूले सबै शैक्षिक योग्यता प्रमाणपत्रहरूको प्रतिलिपिको बुझाउनु पर्नेछ।

(४) शारीरिक योग्यता:

(क) उचाइ: पुरुष : न्यूनतम ५ फिट ३ इन्च

महिला: न्यूनतम ५ फिट ० इन्च

(ख) छाती: नफुलाउदा न्युनतम ३२ ईन्च र फुलाउदा न्यूनतम ३४ ईन्च

(ग) वजन: पुरुष: न्यूनतम ५० के.जी (११० पौण्ड)

महिला: न्यूनतम ४० के.जी (८८ पौण्ड)

(घ) आँखा: यदि चश्मा प्रयोग गरिन्छ भने, आँखा 2 भन्दा  बढी कमजोर नभएको हुनुपर्ने ।

(५) अन्य योग्यताहरू:

१. उमेरको हद (सीमा) :

उम्मेदवारहरूले २०८०/०८/०८ मा आवेदन बुझाउने अन्तिम मितिसम्म १८ वर्ष  पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ । सेनाको बाहालवाला उम्मेदवारहरुको हकमा २६  वर्ष नाघेको हुनुपर्ने छैन ।

२. दरखास्त साथ समावेश गर्नुपर्ने आवश्यक कागजातहरु :

देहाय बमोजिमका कागजातहरुको प्रतिलिपि उम्मेदवारहरु स्वयम्‌ले प्रमाणित गरी १/१ (एक/ एक) प्रतिका दरले नेपाली फायलमा राखी पेश गर्नु पर्नेछ । केरमेट तथा दोहोरो लेखिएको प्रमाण पत्रहरु मान्यता हुने छैन । दरखास्त दिन आउंदा पेश गरिने सबै कागजातहरुको सक्कल प्रति साथमा ल्याउनु पर्नेछ ।

(क) नेपाली नागरिकताको प्रमाण पत्र ।

(ख) सबै शैक्षिक तहहरुको योग्यताको प्रमाण पत्रको लब्धाङ पत्र, चारित्रिक प्रमाण पत्र र ओरिजिनल / प्रोभिजनल प्रमाण-पत्र |

(ग) नेपालका विश्वविद्यालयहरु बाहेक अन्य बोर्ड तथा विश्वविद्यालयबाट उपाधी हासिल गर्नेहरुको हकमा त्रि. वि. वि. बाट समकक्षता निर्धारण गरेको प्रमाण-पत्र पेश गर्नु पर्नेछ ।

(घ) शैक्षिक योग्यता बाहेक आफूले प्राप्त गरेको अन्य प्रमाण पत्रहरु (अतिरिक्त क्रियाकलाप ) र विविध विषय सम्बन्धी प्रमाण पत्रहरु भएमा ।

(ङ) सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीहरूको हकमा निम्न थप कागजातहरू सम्बन्धित उम्मेदवार स्वयम्ले प्रमाणित गरी पेश गर्नु पर्नेछः

३. अनलाईन दरखास्त फाराम भर्ने सम्बन्धमा जानकारी (सैन्य पदको लागि मात्र) :

(क) नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np मा गएर JOIN NEPALI ARMY भित्र Recruitment & Selection मा गई “Apply Online ” मा Click गर्ने ।

(ख) अनलाईन दरखास्त फाराम भर्न निम्न अनुसारको विवरण आवश्यक पर्ने ।

(१) नेपाली नागरिकताको विवरण  (२) व्यक्तिगत विवरण (३) शैक्षिक विवरण (४) पारिवारिक विवरण

(ग) अनलाईन दरखास्त फाराम भर्दा शुरुमा दरखास्तवालाको उमेर, शैक्षिक योग्यता, नागरिकता जस्ता विवरणका आधारमा उम्मेदवारले तोकिएको न्यूनतम योग्यता हासिल गरेको अवस्थामा मात्र त्यस पछि भर्नुपर्ने फारामहरूमा प्रवेश पाउनेछन् । सो पश्चात उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण, पारिवारिक विवरण र शैक्षिक विवरण नेपाली युनिकोड कालीमाटी फण्टमा भरि सो को एकीन गर्ने । उम्मेदवारले सो विवरण सहितको दरखास्त फाराम र प्रवेश पत्र PDF Format मा डाउनलोड गरी Save गर्ने र प्रिन्ट गर्ने ।

(घ) उक्त प्रिन्ट गरेको दरखास्त फाराममा उम्मेदवारले फोटो, हुलाक टिकट टाँस गरी निवेदकको सहिछाप सहित आफूले छनौट गरेको भर्ना केन्द्रमा तोकिएको मिति भित्र पेश गर्नु पर्नेछ । कुनै पनि उम्मेदवारले अनलाईन माध्यमबाट पहिलो ३० दिनको अवधि भित्र दरखास्त फाराम Submit गरी सोही अवधिमा स्वयम् उपस्थित भई सो को प्रिन्ट सहितको फाराम बुझाउनु पर्नेछ अन्यथा म्याद थप गरिएको अवधिमा फाराम बुझाएमा दोव्बर दस्तुर लाग्नेछ । यदि कुनै उम्मेदवारले अनलाईनबाट मात्र निवेदन फाराम Submit गरेर सो को प्रिन्ट सहितको फाराम नबुझाएको अवस्थामा सो अनलाईनबाट मात्र Submit गरेको फारामलाई मान्यता दिईने छैन ।

(ङ) अनलाईन दरखास्त फाराम भर्न केहि प्राविधिक कठिनाई भएमा “Request for Help” मा गएर आफ्नो कठिनाई व्यक्त गर्न सकिन्छ । साथै “Frequently Asked Questions” मा गएर पनि आफ्नो कठिनाई सम्बन्धी जानकारी पाउन सकिन्छ ।

४ . विशेष सूचना : सम्मानित सर्वोच्च अदालतबाट नेपाली सेना, भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डा, काठमाण्डौ समेत विपक्षी रहेको रिट नम्बर ०७८-WO-०३८२ समेतका उत्प्रेषणका निवेदनहरुमा मिति २०७९।१०।२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाए पछि कायम हुन आउने कूल पदहरु मध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. ०७९/८० मा समावेश नगरिएबाट वास्तविक रुपमा गुम्न गएका पदहरु समेत समेटि हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानुनमा व्यवस्था भए बमोजिम गर्ने गरी हाललाई प्रचलित कानून बमोजिम पदपूर्तिका लागि यो सूचना प्रकाशन गरिएको छ ।

५ . यस विज्ञापनको विस्तृत विवरण तथा छनौट परीक्षा सम्बन्धी सबै सूचना श्री भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np भित्र VACANCY & REQUIREMENTS मा र पाठ्यक्रम ARMY SYLLABUS मा हेर्न सकिनेछ । साथै, थप केहि जानकारी लिनु परेको खण्डमा आफूलाई पायक पर्ने भर्ना छनौट केन्द्रहरुमा कार्यालय समय भित्र सम्पर्क गर्न समेत सूचित गरिन्छ ।

Nepal army sainya vacancy 2080

Nepal army sainya vacancy 2080

Nepal army sainya vacancy 2080

सम्बन्धित समाचारहरू

Leave a Reply

छुटाउनुभयो कि ?
Close
Back to top button