Notice (महत्वपूर्ण सूचना)नेपाली सेना सैन्य तयारीविज्ञापनसशस्त्र प्रहरी जवान तयारी

सशस्त्र प्रहरी जवान विज्ञापन २०८० खुल्यो

सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी जवान पदका लागी ९  सय ३२ जनाको आवेदन माग गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले देशभरका विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिता पदपूर्तिका लागी ९ सय ३२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल भर्ना तथा छनौट शाखाले ९ सय ३२ मध्ये खुलातर्फ ५०२ जना  अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततितर्फ १९ जनाका लागी दरखास्त आह्वान गरेको छ । यस्तै समावेशीअन्तर्गत महिलातर्फ ८२ जना आदिवासी/जनजाती तर्फ १३२ जना मधेसीतर्फ ११५ जना दलिततर्फ ६२ जना र पिछडिएको क्षेत्रबाट २० जनाका लागि जवान पदमा दरखास्त आह्वान गरेको छ।

ईच्छुकले अनलाईन मार्फ़त फारम भरण सकने व्यवस्था गरेको भर्ना तथा छनौटले जनाएको छ। अनलाईनबाट भरेको त्यस्तो निवेदन उम्मेदवारले २०८०/०५/०७ गतेसम्म परीक्षा संचालन हुने सम्बन्धित कार्यालयममा स्वय: उपस्थित भई फारम बुझाउनु पर्ने छ भने १८ वर्ष पूरा भई  २२ वर्ष ननाघेको (जन्म मिति: २०६२/०३/२९ गतेदेखि २०५८/०३/२९ सम्म) नेपाली नागरिक (महिला/पुरुष)ले सशस्त्र प्रहरी बलको जवान पदका लागि दरखास्त दिन सक्ने छन् ।

जवान पदमा दरखास्त दिनका लागि कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीको जवान पदमा दरखास्त दिन चाहने इच्छुक व्यक्तिले २०८०/०३/२९ गते देखि २०८०/०४/२८ गतेसम्म सिंगल दस्तुर र २०८०/०४/२९ गतेदेखि २०८०/०५/०३ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सक्नेछन् ।

अन्य जानकारी तलको तस्बीरबाट हेर्न सक्नुहुन्छ ।

APF jawan vacancy 2080

APF jawan vacancy 2080

सशस्त्र प्रहरी बल नेपालको आधिकारिक सूचना 

सम्बन्धित समाचारहरू

Leave a Reply

छुटाउनुभयो कि ?
Close
Back to top button